यसकारण परिवर्तन भयो प्रभु बैंकको खाता नम्बर, नयाँ लिन ग्राहकलाई आग्रह

  २०७७ जेठ १८ गते १३:४९     विकासन्युज

काठमाडौं । प्रभु बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन भएको छ । बैंकको बैंकिङ्ग सफ्टवेयर प्रतिस्थापन(कोर बैंकिङ्ग सिष्टम माइग्रेशन) को काम सम्पन्न भएकाले उनीहरुको हालको खाता नम्बर परिवर्तन भएको बैंकले जानकारी गराएको छ ।

त्यसैले, बैंकले सम्पूर्ण ग्राहकहरूलाई नयाँ खाता नम्बर लिन आग्रह गरेको छ । जसका लागि बैंकका ग्राहकहरुले आफुलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने छन् ।

‘हाल प्रयाेगमा आएकाे कोर बैंकिङ्ग सिष्टम माइग्रेशन भएकाले खाता नम्बर परिवर्तन गर्नुपर्ने भएको हो । चेकहरु भने पुरानै चल्ने छ । साथै, यससम्बन्धी जानकारी हामीले एसएमएस मार्फत पनि  गराउने छौं ।’ बैंकले एक सूचना मार्फत जनाएको छ ।

उक्त सिष्टम माईग्रेसन गर्नको लागि कम्पनीले दिँदै आएको सबै सेवाहरु जेठ १५ गते बिहीबार अपरान्ह ५ बजेदेखि जेठ १८ गते आइतबार बिहान ९ बजेसम्म बन्द भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.