दैलेखमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

  २०७७ जेठ १७ गते २०:२०     विकासन्युज

काठमाडौं । दैलेखमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

दुल्लु नगरपालिकास्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट बेलुका पोजेटिभ आएको जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिएका छन् ।

दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको विहान निधन भएसँगै बेलुकी उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रेस विज्ञप्ती जारी गरेको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा गर्दा कोरोना पुष्टि भएको हो । नेपाल काेराेनाबाट मृत्यु हुनेकाे संख्या ७ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.