आयकरको सीमा नबढाउँदा अपारदर्शी अर्थतन्त्र बढ्छः चेम्बर

  २०७७ जेठ १६ गते ११:४०     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले सरकारले ल्याएको बजेटले आयकरको सीमा नबढाएको कारण अनौपचारिक अर्थतन्त्रले अझ बढी प्रश्रय पाउने सम्भावना रहेको बताएका छन् ।

अहिले सरकारले तोकेको आयकरको सीमा कम भएको भन्दै उनले यसलाई बढाउन आवश्यक रहेको बताएका छन् । अहिले सरकारले व्यक्तिगत रुपमा ४ लाख र विवाहित व्यक्तिको लागि वार्षिक ४ लाख ५० हजार रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने व्यवस्था गरेको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारलाई निजी क्षेत्रले स्टिमुलेसन प्याकेज ल्याउन सुझाव दिएको भएपनि सरकारले पुनरकर्जालाई अघि सारेर त्यसैलाई राहतको रुपमा व्याख्या गरिएको भन्दै उनले असुन्तुष्टि पनि जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.