हरेक स्थानीय तहमा सडक, एक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग

  २०७७ जेठ १५ गते १८:०१     विकासन्युज

काठमाडाैं । सरकारले हरेक प्रदेशलाई दुई राजमार्गले जोड्ने योजना सरकारले ल्याएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन्।

आवागमनलाई सहज बनाउन र उत्पादित सामाग्रीको निर्यात गर्न राजमार्ग निर्माणलाई उक्त प्राथमिकता दिइएको खतिवडाले बताएका छन्।

यस्तै, प्रत्येक स्थानीय तहमा सडक जोड्नका लागि ३ अब ३० करोड रुपैयाँ विनियोजन गरेको उनले बताए । उनले पूर्व पश्चिम विस्तारका लागि १२ अर्ब २१ करोड विनियोजन गरिएको बताए । तराईका जिल्ला जोड्ने गरी तीन वर्ष भित्र निर्माण गर्ने बताए । यस्तै, मदन भणडरी राजमागए तीन वषए भित्र निर्माण गरिसक्ने उनको भनाइ छ ।

उत्तरदक्षिणलाई मध्येनजर गर्दै दबल लेनकोसडक निर्माण गरिने उनले बताए । विभिन्न करिडोरको निर्माणका लागि ७ अर्ब विनियोजन गरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.