अब दोश्रो बजारमा ऋणपत्रको कारोबार हुने, लगानी बढाउन स्टक डिलर सञ्चालनमा ल्याउने

  २०७७ जेठ १५ गते १७:३१     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारको दायरा विस्तार गरी ऋणपत्रको दोश्रो बजार कारोबार शुरु गरिने बताएका छन् ।  संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् ।

उनले नेप्सेको दोश्रो बजार कारोबारलाई पूर्ण रुपमा अनलाइन गरिने बताएका छन् ।

साथै, पुँजी बजारमा संस्थागत लगानी बढाउन आगामी आर्थिक वर्ष स्टक डिलर सञ्चालनमा ल्याइने छ । वस्तु विनिमय बजार सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाइने छ । नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडीएससीको संरचनात्मक सुधार गरिने अर्थमन्त्री खतिवडाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.