लकडाउनमै आर्थिक गतिविधि संचालन गरिनेछः प्रधानमन्त्री

  २०७७ जेठ १२ गते १७:४९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण फैलिन नदिने सुरक्षाको प्रत्याभूत हुने गरी आर्थिक गतिविधि संचालन गरिने बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तै जानकारी दिएका हुन् ।

कोरोना महामारीकै बीचमा राष्ट्रिय गौरबका आयोजना अघि बढाउने सरकारको काम सरकारले सुचारु गरेको पनि उनले जानकारी दिए । सुरक्षाको व्यवस्था गरी संचालन हुन सक्ने उद्योग प्रतिष्ठान पुनः संचालन गर्ने प्रक्रिया मिलाइने पनि उनले बताए । संचालन हुने उद्योग प्रतिष्ठानले संक्रमण फैलन नदिन आफैले अनुगमन गरी सरकारलाई नियमित रिपोर्टिंग गर्ने व्यवस्था मिलाउने उनले बताए ।

प्रधानमन्त्री ओलीले आर्थिक गतिविधिमा परेको असर न्यूनिकरण गर्नको लागि सरकारले राहत प्याकेज ल्याउने र सो प्याकेजमा कर सहुलियत, छुट तथा कर्जाको व्याज छुट सहितका कार्यक्रम ल्याइने पनि उनले बताए । यस्तै, सामाजिक सुरक्षा कोषको लागि श्रमिकले गर्नुपर्ने योगदान रकम सरकारी कोषबाटै गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.