नेपाल बंगलादेश बैंकले सरकारलाई दियो एक करोड ४५ लाख रुपैयाँ

  २०७७ जेठ ११ गते १५:४२     विकासन्युज


काठमाडौं । नेपाल बंगलादेश बैंकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई एक करोड ४५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले केन्द्रिय सरकार र संघीय प्रदेश सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा उक्त सहयोग गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारको कोषमा एक करोड १० लाख रुपैयाँ र देशका सातैवटा प्रदेशका प्रदेश सरकारको उक्त कोषमा ५/५ लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बिडारीलाई हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.