कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

  २०७७ जेठ ८ गते ६:१५     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख ८२ हजार २ सय ४४ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख २९ हजार २ सय ६० जनाको मृत्यु भइसकेको छ भने २० लाख २० हजार १ सय ५१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९४ हजार ९ सय ६० जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख ९१ हजार ५ सय ७५ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख १२ हजार २८ पुगेको छ भने अहिलेसम्म ३ हजार ४ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ४ सय २७ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ४५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.