बीमालेख धितो राखी ऋण लिएका बीमितलाई व्याजदरमा छुट दिईने

  २०७७ जेठ ७ गते २०:०४     विकासन्युज

काठमाडौं । बीमालेख धितो राखी ऋण लिएका बीमितले व्याजदरमा १५ प्रतिशतसम्म छुट पाउँने भएका छन् । बीमा समितिले बुधबार एक पत्र मार्फत उक्त बीमितहरुलाई प्रदान गरिएको कर्जामा लाग्ने व्याजदरमा साे मात्राकाे छुट दिन जीवन बीमा कम्पनीलाई निर्देशन दिएकाे हाे ।

यससँगै, बीमितहरूले लकडाउन अवधि समाप्त भएको एक महिना भित्रसम्म ब्याज बुझाउँदा साे मात्राकाे छुट पाउन सक्ने छन् ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई लकडाउनको अवधिमा अत्यावश्यक सेवाहरुलाई निरन्तरता दिन निर्देशन दिएकाे छ । समितिले बीमकको सूचना प्रविधि मार्गदर्शन, २०७६ को अधिनमा बीमालेख अनलाईन मार्फत बिक्री गर्ने कार्यविधि तयार गर्न सकिने बताएको हो ।

समितिका अनुसार उक्त कार्यविधि तयार गरी समितिमा पेश भएमा औचित्यताको आधारमा अनलाईन बीमालेख स्वीकृत हुनेछ ।

यस्तै, समितिको निर्देशनको अधिनमा रही लकडाउनको अवधिभरी बीमकले उपलब्ध गराउने तालिमहरु अनलाईन तथा भर्च्युअल रुपमा संचालन गर्न पाउँने बताएको छ । उक्त तालिमको सफ्ट कपी सहितको प्रतिवेदन भने बीमकले समितिमा पेश गर्नु पर्ने निर्देशिकामा उल्लेख छ ।

साथै, बीमकले व्यवस्थापन खर्च न्यूनिकरण गर्ने सम्बन्धमा समितिमा प्रस्ताव पेश गरेमा औचित्यताको आधारमा स्वीकृत हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्देशिका मार्फत जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.