महाकाली सन्धि गर्नेले एमसीसी पास गर्नु पर्छ भन्न थाले: भीम रावल

  २०७७ जेठ ५ गते ११:३८     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा‍‌. भीम रावलले महाकाली सन्धि गर्नेले अमेरिकी सहयोग एमसीसी पास गर्नु पर्छ भन्न थालेकाे बताएका छन् । सोमबार संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा उनले यस्तो बताएका हुन ।

रावलले भने, ‘काँग्रेसका एकजना नेताले यो छिटो पारित गर्नुपर्छ भन्नुभयो, उहाँले महाकाली सन्धीमा पनि त्यस्तै करा गर्नु भएको थियो । महाकाली नदिको १०/१० वर्षमा पुनरावलोकन हुनुपर्छ भन्ने कुरा भएको थियो तर न पुनरावलोकन भयो न न कार्यान्वयन नै भयो । त्यसैले एमसिसीको कुरा जुन यहाँ गरिएको छ । म आशा गर्छु यो त्यो सम्झौता अनुसारको अंग हुने छैन । यदी त्यो भयो भने राष्ट्रिय हित विपरित हुनेछ ।’

उनले  विवादास्पद एमसिसी पछाडिएको ढोकाबाट आउन खोजेको अनुभुत भएको बताएका छन् । उनले एमसीसी पास गरे नेपाली जनताले आवाज उठाएको कुराको विपरित हुने पनि बताए । एउटा स्वाधिन देशको हैसियतमा आँच पुर्याउने कुरा कुनै पनि पैसामा साट्न नसकिने उनकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.