शिखर इन्स्योरेन्सले ट्राफिक प्रहरीलाई वितरण गर्यो स्वास्थ्य सुरक्षा समाग्री

  २०७७ जेठ ४ गते १९:४६     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरेको छ । इन्स्योरेन्सले काठमाडौं उपत्यकामा खटिने करिब १ हजार ५ सय जना ट्राफिक प्रहरीको व्यक्तिगत स्वास्थ्य सुरक्षाको लागि उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

शिखर इन्स्योरेन्सकाले महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिम प्रसाद ढकालको रोहबरमा महाशाखालाई १ हजार ५ सय थान फेस शिल्ड, १ हजार ५ सय थान सेफ्टी गगल्स, १ हजार ५ सय थान केएन९५ मास्क, ५ हजार थान सर्जिकल मास्क र १५० लिटर (३०० बोटल) सेनिटाइजर प्रदान गरेको छ ।

विश्वव्यपी रुपमा फैलिरहेको कोरोना भाइरसको सक्रमण नियन्त्रण कार्यमा ट्राफिक प्रहरीको महत्वपुर्ण भुमिका रहने हुँदा उनीहरुको व्यक्तिगत सुरक्षाको लागि तथा हौसला प्रदान गर्न यी स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले बताए ।

शिखर इन्स्योरेन्सबाट प्रदान गरिएको स्वास्थ्य सुरक्षा सामाग्रीहरु महानगरीय ट्रफिक प्रहरी महाशाखाको मातहतमा रहेका करिब १ हजार ५ सय ट्राफिक प्रहरीहरुलाई आवश्यक रहेको र यसले निजहरुको सुरक्षा र मनोबलमामा महत्वपूर्ण योगदान पुग्न सक्ने एसएसपी भिम प्रसाद ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.