भारतमा जेठ १८ गतेसम्म लकडाउन थपियो, नेपालमा कति दिन थपिएला ?

  २०७७ जेठ ४ गते १७:३८     विकासन्युज

बन्दाबन्दीमा बाहिर निष्कनेमाथि निगरानी गर्दै सुरक्षाकर्मी

काठमाडौं । भारत सरकारले लकडाउन लम्ब्याए जेठ १८ गतेसम्म बनाएको छ । भारतले चौथो चरणमा लकडाउनको अवधि थप्दै जेठ १८ अर्थात मे ३१ सम्म लम्ब्याएको हो । लकडाउन सम्बन्धी निर्देशिका केही बेरमा सार्वजनिक गरिने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने घोषणा यसअघि गरिसकेका छन् ।

नेपालमा पनि लकडाउनको अवधि आइतबारको मन्त्रिपरिषद्ले थप्ने भएको छ । नेपालमा कोरोनाको कारणले २ जनाको मूत्यू भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.