लकडाउन दुई हप्ता थप्ने सरकारको तयारी

  २०७७ जेठ ४ गते १४:४१     विकासन्युज

काठमाडौं। कोरोना भाइरसको कारण जारी लकडाउनलाई दुई हप्ता थप्ने सरकारले तयारी गरिरहेको छ । चैत ११ गतेदेखि जारी लकडाउनकाे समयावधि भाेलि सकिँदै छ ।  वैशाख २५ गते थप गरिएको लक डाउन सोमबार सकिने भए पनि सरकारले फेरि कम्तीमा दुई हप्ता लक डाउन लम्ब्याउने तयारी गरेको स्राेतले बताकाे छ ।

स्रोतका अनुसार अब लकडाउनलाई थप प्रभावकारी र रणनीतिक तरिकाले अगाडि बढाइने छ । अब लकडाउन कसरी अगाडि बढाउने र कतिसम्म बढाउने भन्नेबार अहिले उच्चस्तरीय समितिको अनौपचारिक बैठक बसिरहेको छ । सो बैठकले लकडाउनलाई कहिले सम्म बढाउने भन्ने मन्त्रिपरिषद्समक्ष सिफारिस गर्नेछ ।

काेराेना भाइरसका बिरामी बढ्दै गएपछि सरकारले लकडाउन पुन: बढाउने तयारी गरेकाे हाे । कोरोना रोकथाम तथा उपचारका लागि भएका प्रयासबारे छलफल गर्न दिउँसो अहिलेउपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्च स्तरीय समन्वय समितिको बैठक जारी छ ।

बैठकले कम्तीमा दुई साता लक डाउन थप्न सरकारलाई सिफारिस गर्ने स्राेतले बतायाे । आज नै बालुवाटारमा मन्त्रिपरिषद्काे बैठक पनि बस्दैछ । समन्वयन समितिको सिफारिसका आधारमा बस्ने मन्त्रिपरिषद् बैठकले लक डाउनको अवधि थप गर्ने बताइएकाे छ ।

दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको अवस्थामा सरकार पनि लकडाउन बढाउने र पीसीआर परीक्षणको दायरा बढाउने रणनीतिमा छ ।

यसअघि शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको अनौपचारिक बैठकमा लकडाउन बढाउनेबारे छलफल भएको थियो । अति जोखिम, मध्यम र न्यून जोखिमका क्षेत्र छुट्टयाएर त्यसैअनुसार लकडाउनको मोडालिटी परिवर्तन गर्ने अनौपचारिक निर्णय उक्त बैठकले गरेको थियो ।

राजधानीसहित देशका विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले लकडाउनको अवधी अझै थप गर्ने बुझिएको छ । अवस्था हेरी लकडाउनलाई थप कडाइ गर्ने पनि सरकारको तयारी छ । पछिल्लो दुई दिनमा राजधानी उपत्यकासहित देशैभरि संक्रमितको संख्या बढेको छ । कोरोना संक्रमणकै कारण सिन्धुपाल्चकोककी एक महिलाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.