त्रिवि शिक्षण अस्पतालको कर्मचारीलाई कोरोना नभई पुष्टि

  २०७७ जेठ ३ गते १७:२५     विकासन्युज

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) का कर्मचारीलाई कोरोना नभएको पुष्टि भएको छ । उक्त अस्पतालमा बिरामी भेट्न आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि गरेको हो ।

कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि न्यूरो वार्डमा उपचारमा संलग्न डाक्टर, नर्स र बिरामी भेट्न आएकाको स्वाब परीक्षण गरिएको थियो र परीक्षण गर्दा उनमा संक्रमण पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमित व्यक्ति टिचिङ अस्पतालमा कार्यरत रहेको भन्दै गलत प्रचार भएकोमा अस्पतालले आपत्ति जनाउँदै अस्पतालका कर्मचारी नभएर बिरामी भेट्न आउने व्यक्तिमा कोरोना संक्रमण भेटिएको जानकारी दिएको हो । हाल ४६ वर्षिय तुलसीपुरका ति व्यक्तिलाई आइसोलेसनमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.