स्वास्थ्य मन्त्रालयले भन्योः धुलिखेलमा मृत्यु भएकी महिलाको कोरोना परीक्षण हुँदैछ, स्वाश्वप्रश्वासमा समस्या

  २०७७ जेठ ३ गते १६:४२     विकासन्युज

काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण भए नभएको परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सो अस्पतालमा मृत्यू भएकी सिन्धुपाल्चोककी महिलामा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्ष्यण देखिएको छ ।

मन्त्रालयको नियमित प्रेस बिफिङमा प्रवक्ता डा. विकास देवकोटाले ती महिलाको मृत्युको कारण खोजी भइरहेको जानकारी दिएका हुन् । उनी २५ वैशाखमा टिचिङ अस्पताल महाराजगञ्जबाट डिस्चार्ज भएर घर गएकी थिइन् ।

‘सिन्धुपाल्चोककी २९ वर्षीय एक महिला २१ वैशाखमा टिचिङ अस्पतालमा भर्ना हुनुभएको, वैशाख २४ गते नर्मल डेलिभरी (सुत्केरी) हुनुभएको र २५ वैशाखमा अस्पतालबाट डिस्चार्ज भएर घर जानुभएको जानकारी प्राप्त भएको छ, उहाँमा ज्वरो आउने तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको र अवस्था निकै जटिल भएपछि धुलिखेल अस्पताल ल्याउँदै गर्दा मृत्यू भएको जानकारी प्राप्त भएको छ, उहाँमा कोरोना संक्रमण भए नभएको परीक्षण भइरहेको छ, परीक्षणबाट जे पुष्टी हुन्छ, सोको जानकारी गराउँने नै छौं,’ प्रवक्ता डा. देवकोटाले नियमित प्रेस व्रिफिङमा भने ।

२ जना संक्रमित थपिए

यस्तै, नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नयाँ थपिएका संक्रमितमा काभ्रेका एक जना र महोत्तरीका एक जना रहेका छन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।

सम्बन्धित सामग्री

धुलिखेल अस्पतालमा एक महिलाको मृत्यू, कोरोना संक्रमणको शंका, आकष्मिक कक्ष सिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.