काठमाडौंमा भोलिदेखि लकडाउन थप कडा

  २०७७ जेठ १ गते १७:१९     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेपछि सरकारले शुक्रबारदेखि लकडाउन कडा बनाउने भएको छ । गृह मन्त्रालयले बिहीबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँगको छलफलपछि लकडाउन कडा बनाउने भएको हो ।

अब उपत्यका भित्रने र बाहिरिने नाकामा थप कडाइ गरिने छ । नगरपालिकाका मेयरहरूले भने भित्री सडकमा पनि जाँचमा कडाइ गर्न सुझाप दिएका छन् । जिल्लामा पास दिनुपर्दा प्रशासनले गृहकै समन्वयमा पास उपलब्ध गराउनुपर्ने निर्देशन गृहले दिएको हो ।
प्रधानमन्त्रीले काठमाडौंमा लकडाउन नै नरहेको भन्दै कडा गर्न आदेश दिए पछि गृह मन्त्रालयले सुरक्षा निकायका प्रमुख र नागरपालिकाका मेयरहरुलाई बोलाएर कडा पार्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.