२०७७ जेठ १ गते ६:१३ विकासन्युज
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४४ लाख २५ हजार ४ सय ५१ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ९७ हजार ७ सय ३९ जनाको मृत्यु भइसकेको छ भने १६ लाख ५५ हजार ९ सय ९३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ८५ हजार १ सय ९२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १४ लाख ३० हजार २ सय ४३ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ७८ हजार ५५ पुगेको छ भने अहिलेसम्म २ हजार ५ सय ५१ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म २ सय ४३ जना संक्रमित भएका छन् भने ३५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)
Copyright © 2024 Bikash Media Pvt. Ltd.