२०७७ वैशाख ३० गते १४:३५ विकासन्युज
काठमाडाैं । कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ती गर्ने भएकाे छ । साे प्रयाेजनकाे लागि दुबैले एकैदिन एकैसमय अर्थात २०७७ जेठ १९ गते ११ बजे साधारणसभा बाेलाएका छन् ।
कुमारी बैंकले देवःविकास बैंकलाई प्राप्ति गर्ने सम्झौतालाई अन्तिम रुप दिन आफ्नो केन्द्रिय कार्यालय, नक्सालमा विशेष साधारणसभा बाेलाएकाे छ । त्यस्तै, देवःले काठमाडौंकाे केन्द्रीय कार्यालय लालदरबारमा १३ औं वार्षिक साधारण सभा बोलाएको छ।
त्यसैगरी, सभाले देवः विकास बैंकले सञ्चालक समितिले प्रस्ताव गरेको ८.५५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।
कुमारी बैंकले विशेष साधारण सभा प्रयोजनका लागि जेठ ७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । त्यस्तै, देवः विकास बैंकले वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ ५ गतेदेखि जेठ १९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।
हाल कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रूपैयाँ रहेको छ। त्यस्तै, देवः विकास बैंकको चुक्तापुँजी ३ अर्ब १७ करोड ७१ लाख रूपैयाँ रहेकाे छ ।
कुमारीको १ कित्ता सेयर बराबर देवः विकास बैंकको शून्य दशमलब ८६ कित्ता सेयर आदान प्रदान गर्ने सहमति अनुसार कुमारीले देवः लाई प्राप्ती गर्ने भएकाे हाे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.