नेपाल लाईफले कमायो ३ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क

  २०७७ वैशाख ३० गते १४:१८     विकासन्युज

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १८ अर्ब ४१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

लाईफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १५ अर्ब १९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको चैत मसान्तकै तुलनामा कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो ।

यस्तै, नेपाल लाईफले खुद नाफा भने चालु आर्थिक वर्षको चैत मसान्तमा ४६ करोड ७५ लाख रुपैयाँ कमाएको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.