सिटिजन लाइफको जीवन बीमा कोष २ सय १२ प्रतिशतले बढ्यो

  २०७७ वैशाख ३० गते १२:१५     विकासन्युज

काठमाडौ । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तमा जीवन बीमाकोष २ सय १२ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा कम्पनीको जीवन बीमा कोष ४० करोड ४७ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कोष १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

खुद बीमाशुल्क 

चालु आर्थिक वर्षको चैत मसान्तमा कम्पनीले खुद बीमा शुल्कमा ७९ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा कम्पनीको खुद बीमाशुल्क ६५ करोड ५ लाख रुपैयाँ रहेको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा खुद बीमाशुल्क १ अर्ब १६ करोड ३५ लाख रुपैयाँ छ ।

सिटिजन लाईफले कुल लगानी रकम करिब ३ अर्ब ६० करोड मध्ये ९६ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको लामो अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गरेको छ ।

साथै, सिटिजन लाईफले आफूले निर्धारण गरेको व्यवसायिक लक्ष्य हासिल गरेका सम्पूर्ण एजेन्सी म्यानेजरहरुलाई १ लाख रुपैयाँको कोरोना भाइरस (कोभिड–१९) बीमा सुविधा उपलब्ध गराएको छ । यस्तै, बीमितहरुको सुविधालाई मध्यनजर गरी कम्पनीले डिजिटल माध्यमबाट बीमाशुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

One comment on "सिटिजन लाइफको जीवन बीमा कोष २ सय १२ प्रतिशतले बढ्यो"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.