उन्नति लघुवित्तद्धारा सिद्धार्थनगर नगरपालिकाकाे काेराेना काेषमा १ लाख सहयाेग

  २०७७ वैशाख २८ गते १८:२३     विकासन्युज

काठमाडौं । उन्नति लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. ५ सिद्धार्थनगर नगरपालिकालाई १ लाखको चेक हस्तातरण गरेको छ ।

संस्थाले नगरपालिका का नगर प्रमुख हरि प्रसाद अधिकारीलाई १ लाख रुपैंयाको चेक हस्तानतरण गरेको हो ।

संस्थाले आफ्नो कार्यक्षेत्र अन्तर्गतका प्रदेश सरकार कार्यालय तथा स्थानीय तहहरुलाई कोरोना भाइरस कोभिड १९ राहतकोषमा रु. ६ लाख ५० हजार सहयोग गर्ने सन्दर्भमा सहयोग स्वरुप चेक हस्तानतरण गरेको हो ।

लघुवित्तका सञ्चालक खड्ग बहादुर राना तथा प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले चेक हस्तान्तरण गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.