उद्योग सञ्चालन गरेसँगै अर्थतन्त्र चलायमान हुने

  २०७७ वैशाख २७ गते १४:५६     विकासन्युज

काठमाडौं । लकडाउन जारी राख्दै यो अवधिमा प्रक्रिया पुर्याएर उद्योग, व्यवसाय तथा वित्तिय संस्था संचालन गर्दा अर्थतन्त्र चलायमान हुने नेपाल उद्योग परिसंघको विश्वास छ । सामान्य रुपमा औद्योगिक गतिविधि बढ्न गई अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास रहेको संघको भनाई छ ।

यसैगरी आंशिक खुला गरिएका व्यवसाय सञ्चालनका लागि आवश्यक सवारी आवतजावत तथा हिड्डुलका लागि अनुमति पत्र अर्थात पास वितरणलाई थप व्यवस्थित बनाउन पनि परिसंघले सम्बन्धित निकायलाई आग्रह गर्दछ ।

संक्रमणको जोखिमको आधारमा सम्पूर्ण देश,प्रदेश र स्थानीय तहलाई तीन अलग-अलग क्षेत्र अर्थात् जोनमा बाँडेर थप कडाई र खुला गर्दै लैजाने काम अघि बढाउन पनि परिसंघले सरकारसँग आग्रह गरेको छ ।

रेड, अरेन्ज र ग्रीन जोनमा बाँडेर जोखिमको स्तर निर्धारण गरी संक्रमण नियन्त्रणमा थप काम गर्नसकिने र कम जोखिमका क्षेत्रमा थप खुला गर्दै लैजाँदा स्वास्थ्य र आर्थिक संकटबाट हुने क्षति कम गर्न सकिने भन्दै सरकार यसतर्फ कदम चाल्नु पर्ने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.