कोरोना संक्रमणः यस्तो छ आज विहानसम्मको ताजा तथ्यांक

  २०७७ वैशाख २७ गते ६:१४     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४० लाख १० हजार २ सय ७३ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ७५ हजार ९ सय ३६ जनाको मृत्यु भइसकेको छ भने १३ लाख ७८ हजार जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ७८ हजार ५ सय ७७ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १३ लाख २१ हजार ३ सय ७४ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५९ हजार ६ सय ९३ पुगेको छ भने अहिलेसम्म १ हजार ९ सय ८५ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म १ सय २ जना संक्रमित भएका छन् भने ३१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार :  वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.