घुमेको ठाउँको फोटो पठाउँदा टुर प्याकेज पाइने

  २०७७ वैशाख २६ गते १२:०९     विकासन्युज

काठमाडौं । गौतम होलिडेज प्रा.लि.ले घुमेको ठाउँको फोटो पठाएर टुर प्याकेज जित्ने योजना ल्याएको छ । उत्कृष्ठ फोटो पठाउने सात जनालाई १ रात २ दिनको टुर प्याकेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

लकडाउनको समयमा फोटो पठाउन सकिने र अवस्था सामान्य भएपछि टुर प्याकेजमा सहभागि गराउने कम्पनीले जनाएको छ । नेपालको जुन सुकै स्थानमा घुम्दा खिचिएको फोटो इमेलमार्फत पठाएर प्रतिस्पर्धामा सहभागी हुन सकिने कम्पनीका अध्यक्ष उत्तम गौतमले जानकारी दिए । उत्कृष्ठ फोटोहरु मध्येबाट सात जनालाई टुर प्याकेजमा सहभागी गराईने गौतमले जानकारी दिए ।

गौतम होलिडेज आन्तरिक पर्यटन प्रवद्र्धनमा अग्रणी कम्पनी हो । कम्पनीले नेपालभित्र मुस्ताङ, रारा, तिलिचो, कालिञ्चोक, चित्लाङ्ग, सैलुङ्ग लगायतका टूर प्याकेजका साथसाथै बिदेशको टूर प्याकेजको सेवा प्रदान गर्दै आएको छ ।

फोटो gautamholidaystours@gmail.com मा पठाएर सहभागिता जनाउन सकिनेछ भने उत्कृष्ठ फोटो विजेताको नाम कम्पनीको वेभसाईट र फेसबुक पेजमा सार्वजनिक गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.