सेयर बजार खुल्ने निधो भईसकेको छैन- अध्यक्ष ढुङ्गाना

  २०७७ वैशाख २५ गते १०:०६     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले आगामी वैशाख २८ गतेदेखि सेयर बजार खुल्ने भन्ने निधो भई नसकेको बताएका छन् । बुधबारको मन्त्रीपरिषद्को बैठकले धितोपत्र बजार खुलाउने व्यवस्था गरेपनि अर्थ मन्त्रालयबाट आधिकारिक निर्णय नआएकाले अहिलेसम्म बजार खुलाउने निधो नभएको उनले बताए ।

उनका अनुसार सेयर बजार खुलाउनको लागि अर्थ मन्त्रालयबाट आधिकारिक निर्णय आउनु पर्ने छ।

‘मन्त्रालयबाट आधिकारिक निर्णय आएर मात्र भएर पनि भएन । काम गर्न सक्ने संयन्त्र पनि हुनुपर्छ । त्यसपछि मात्र कारोबार हुन्छ ।’- उनले विकासन्युजसँग भने- ‘आधिकारिक काम गर्नुपर्यो, अफिस मात्र खुलाउने कुरा भएन । ब्रोकरहरुले काम गर्न सक्नु पर्यो, लगानीकताले काम गर्न सक्नु पर्यो, त्यसपछि मात्र हुन्छ काम ।’

‘सम्भवतः आजभोलिमा बजार खुलाउने वा नखुलाउने भन्ने निर्णय हुने छ । हेरौं के निर्णय हुन्छ । यदि खुलाउने निर्णय भयो भने आगामी आइतबार(बैशाख २८ गते)देखि कारोबार खुल्ने छ । होइन भने नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)लाई सूचना जारी गर्न लगाई जानकारी गराउने छौं ।’- उनले भने ।

बुधबारको मन्त्रीपरिषद्को बैठकले बैंकिङ्, बीमा, धितोपत्र बजार सञ्चालनको लागि व्यवस्था गरेको छ । बैठकले एक तिहाई कर्मचारीबाट सेवा दिने व्यवस्था मिलाई सेवा सुचारु गर्न निर्णय गरेको प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिएका थिए ।

काेराेना भाइरसकाे प्रकाेपका कारणले गत चैत १० गतेदेखि नै सेयर बजार बन्द रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.