कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा तथ्यांक

  २०७७ वैशाख २५ गते ६:४५     विकासन्युज

काठमाडौं । अहिले विहानसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३८ लाख १८ हजार ८ सय २२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ६४ हजार ८ सय १४ जनाको मृत्यु भइसकेको छ भने १२ लाख ९९ हजार २ सय ४४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ७४ हजार ७ सय ९८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १२ लाख ६२ हजार ९ सय १८ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ भने अहिलेसम्म १ हजार ७ सय ८५ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ९९ जना संक्रमित भएका छन् भने २२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.