कोरोना मिथ्या र सत्यताः ल्वांगको तेल सेवनले कोरोनाबाट बचाउँछ

  २०७७ वैशाख २० गते ९:५३     विकासन्युज

काठमाडौं । हिजोआज कोरोना भाइरसलाई लिएर विभिन्न प्रकारका मिथ्याहरु चलिरहेका छन् । यसले सर्वसाधारणमा भ्रमको स्थिती सृजना गरेको छ । ती मिथ्याहरु के हुन् र त्यसको वास्तविकता के हो भन्ने वारेमा यहाँ केही उदाहरण प्रस्तुत गरिएको छ ।

बच्चाहरुका लागि भिटामीन–सी सप्लिमेन्ट प्रयोग गर्न
होइन, त्यस्तो पटक्कै होइन । शरीरलाई जति भिटामिन–सी को आवश्यकता पर्छ, त्यसको पूर्ति हरेक दिनको सन्तुलित आहारबाटै प्राप्त हुन्छ । यदी शरीरमा भिटामीन–सी को कमी छ भने डक्टरले बताए अनुसार मात्र गर्नुहोस् । धेरै मात्रामा गरिएको भिटमीन–सी को प्रयोगले पाचनतन्त्र तथा किडनीमा नराम्रो असर पुर्याउन सक्छ ।

बच्चाहरुलाई कोरोना संक्रमण हुँदैन त्यसैले स्कुल खोल्दा
यो कुरामा दुईमत छैन कि कोरोना भाइरसको असर बढि उमेरका मानिसहरुको तुलनामा बच्चालाई कम हुन्छ । तर, बच्चामा कोरोना भाइरसको संक्रमण देखिन सक्ने कुरालाई भने नकार्न चाहिँ सकिँदैन । बच्चाहरुले पनि सावधानी अपनाउन त्यतिनै जरुरी छ जति बढि उमेरका मानिसहरुले अपनाइरहेका छन् । त्यसैगरी, यदी कुनै एकजना बच्चामा यस्तो संक्रमण भयो भने पूरै स्कुलभरी फैलिनसक्ने भएकोले पनि अहिले स्कुल खोल्नु उपयुक्त हुँदैन ।

ल्वांगको तेल सेवनले कोरोनाबाट बचाउँछ
यो सही हो कि दम, मधुमेह तथा फोक्सोसँग सम्बन्धित विरामीहरुलाई ल्वांगको तेलले राहत महसुस गराउँछ । यसमा म्यागनिज, फाइवर, भिटामीन–सी लगायतका करा प्रचूर मात्रामा पाइन्छ ।
यसले श्वास नलीलाई खोल्ने तथा व्याक्टेरियाका कारण हुने फोक्सोको संक्रमणमा फाइदा पुर्याउँछ । तर कोरोनाको सन्दर्भमा पनि ल्वांगको तेलले सकारात्मक नतिजा दिन्छ भन्ने कुराको हालसम्म पनि कुनै प्रमाण फेला परेको छैन ।
(हिन्दुस्तानडटकम बाट साभार)

One comment on "कोरोना मिथ्या र सत्यताः ल्वांगको तेल सेवनले कोरोनाबाट बचाउँछ"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.