पर्यटन विकासमा २० अर्बकाे प्याकेज आवश्यक, १ वर्षसम्म ब्याज र किस्ता तिर्न नपर्ने नीति ल्याउनु पर्ने

  २०७७ वैशाख १८ गते १४:३२     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बाेर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले पर्यटन विकासका लागि २० अर्ब रूपैयाँकाे प्याकेज आवश्यक पर्ने बताएका छन् । उनले काेराेना भाइरसकाे कारण देशकाे पर्यटन व्यवसाय ठप्प भएकाे बताउँदै यसकाे मद्दतका लागि साे रकम बराबरकाे प्याकेज चाहिने बताएका हुन् ।

उनले काेराेनाका कारणा सबैभन्दा बढी प्रभावित पर्यटन भएकाेले अब सरकारले पनि पर्यटनलाइ विशेष प्राथमिकताका साथ हेर्नु पर्ने बताएका छन् । यसका साथै उनले अब पर्यटन व्यवसायीका लागि सरकारले एक वर्षसम्म ब्याजदर र किस्ता तिर्न नपर्ने प्याकेज ल्याउनु पर्ने बताए ।

त्यसमा पनि तीन वर्षसम्म किस्ता तिर्ने अवधि लम्ब्याउनु पर्ने उनकाे भनाइ छ । पर्यटन व्यवसायीकाे सहयाेगका लागि बाेर्ड सधैं सकरात्मक भएकाे बताउँदै उनले अब सरकारले पनि त्यसतर्फ ध्यान दिनु पर्ने उनले बताए ।

अहिले काेराेनाकाे कारण भएकाे लकडाउनले २० लाख जति मानिसहरू प्रभावित भएकाे बताउँदै उनले देशमा जारी लकडाउन खुलेपछि पर्यटन क्षेत्रमा रहेका १८ सय कामदारहरुलाई रोजगारी दिने तयारी भइरहेकाे उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.