बजार ठप्प हुँदा सबैभन्दा बढी मारमा ब्रोकर व्यवसायी परेका छन्ः अध्यक्ष रानाभाट

  २०७७ वैशाख १६ गते १८:३७     विकासन्युज

काठमाडाैं । स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले सेयर बजार बन्द हुदाँ सबैभन्दा मारमा ब्रोकर व्यवसायी परेको बताएका छन् । बजार बन्द भएपनि ब्रोकर व्यवसाय सञ्चालकको खर्च निरन्तर भएकाले हालकाे समयमा ब्रोकर व्यवसायीहरूलाई समस्या भएकाे उनले बताएका हुन् ।

त्यसैले जतिसक्दो चाडो बजार खुलाउनुपर्नेमा उनले जोड दिएका छन् । वैशाख २५ गतेको समयभित्र बजार खोल्ने वातावरण मिलाउन जोड दिँदै उनले ब्रोकरको तर्फबाट गर्नुपर्ने काम गर्न तयार रहेको बताए ।

हाललाई लगानीकर्ताहरुको खाता नविकरणका लागि छुट दिने व्यवस्था मिलाउने निष्कर्षमा पुगेकाे उनले बताएका छन्। लकडाउन र संक्रमण अन्त्य हुने निश्चित नभएको अवस्थामा बजार खोल्नुको विकल्प नभएको अध्यक्ष रानाभाटको भनाई छ ।

साथै, यस्तो अवस्थामा लगानीकर्ताको मनोबल बलियो बनाउने तर्फ सरकार र नियामक निकायले सोच्नुपर्ने उनको तर्क रहेकाे छ ।

मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले पुँजीबजारका सरोकारवालहरुसँग गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै रानाभाटले यी कुरा बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.