सनराइज बैंकका ग्राहकलाई फूडमान्डुमा विशेष छुट, उपत्यकाभित्र मात्र मान्य हुने

  २०७७ वैशाख १६ गते १७:३२     विकासन्युज


काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । बैंकले हालको लकडाउनको अवस्थामा पनि फूडमान्डुमा माग गरिएको अर्डरका लागि सनराइज बैंकको डेबिट/ क्रेडिट कार्ड तथा क्यूआर कोडद्वारा प्रयोग गरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने छ ।

यो अफर लकडाउन अवधीसम्म काठमाडौं उपत्यकाभित्र मात्र मान्य हुनेछ । वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु गरिएकाे बैंकले जनाएको छ । घरमा नै सुरक्षित बसी डिजिटल बैंकिङ सुविधाको उपभोग गर्न बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ ।

साथै बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटीएम नेटवर्क, अनलाइन बैंकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.