कामना सेवा बैंकको खाता अनलाइनबाटै खोल्न सकिने

  २०७७ वैशाख १६ गते १६:४४     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकको खाता अनलाईनबाटै खोल्न सकिने भएको छ । बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै वैशाख १६ गतेदेखि लागू हुने गरी बैंकको वेबसाइट मार्फत अनलाईन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

अब ग्राहकहरुले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन् । उक्त खाता खोल्न साथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ कारोबार गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.