वैशाख २६ गतेदेखि बजार खोल्न तयार होऔं- चन्द्रसिंह साउद

  २०७७ वैशाख १६ गते १३:००     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत(सीईओ) चन्द्रसिंह साउदले आगामी वैशाख २६ गतेदेखि सेयर बजार खोल्नलाई तयार हुन सबैसँग आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको भिडियो कन्फेरेन्समा बोल्दै उनले सो कुरा बताएका हुन् ।

लकडाउनको अवधि लम्बिँदै गएको र यो कहिलेसम्म हो भन्ने एकिन नभएकाले २६ गतेदेखि चाहिँ सामान्य रुपमा भएपनि बजार खुलाउनु पर्छ भन्ने उद्देश्यले उनले ब्रोकर, इन्भेष्टर्स लगायत मार्केटसँग सम्बन्धित सबै निकायलाई सो आग्रह गरेका हुन् ।

‘यसअघि लकडाउनको अवधि यतिका दिनसम्म लम्बिन्छ भन्ने थिएन र लगानीकर्ता लगायत सम्पूर्ण कर्मचारीकाे स्वास्थ्यकाे हितलाइ मध्येनजर गर्दै बजार बन्द गरिएको थियो । तर लकडाउनकाे म्यादकाे ठेगान नहुने भएकाले बजारलाई खुलाउनु पर्छ, कसरी खुलाउने भन्नेतर्फ अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड, ब्रोकर लगायत लगानीकर्तासँग छलफल भइरहेको’ उनले बताए ।

‘अहिलेसम्म जे भयो, अन्तरराष्ट्रिय स्तरको महामारी परेकाले वैशाख २५ गतेसम्म त बजार पूर्ण रुपमा बन्द भयो । त्यसपछि भने खुलाउनको लागि सबैलाई आ-आफ्नो ढङ्गले तयारी गर्दै जान आग्रह गर्दछु ।’

यसको लागि नेप्से तयारीमा छ र सबै सरोकार पक्ष बजार खुलाउनु पर्छ भन्नेमा हुनु पर्छ । यसबीचमा मेरो सेयर नयाँ खोल्न चाहनेलाई निःशुल्क गराउने विषयमा पनि छलफल भइरहेको छ, यसबारे निर्णय हुन भने बाँकी रहेको उनले बताएका छन् ।

साथै, आगामी दिनमा सेयर बजार निरन्तर रुपमा खुलाउने तर्फमा नेप्से रहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.