विदेशमा रहेका ६० हजार नेपाली सम्पर्कमा, २५ प्रतिशतले गरे रोजगारी गुमाएको गुनासो

  २०७७ वैशाख १५ गते १६:३२     सुनिता पुडासैनी

काठमाडौं । वैदेशिक रोजगारमा रहेका ६० हजार नेपालीले वैदेशिक रोजगार व्यवसायीलाई सम्पर्क गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले वैदेशिक रोजगारीमा युएई, कुवेत, बहराइनमा रहेका धेरै नेपालीले वैदेशिक रोजगार व्यवसायीलाई समस्या र अवस्थाको बारेमा जानकारी दिएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए ।

‘विभिन्न देशबाट करिब ६० हजार नेपालीले आफूहरु समस्यामा परेको बताईरहेका छन् । जसमा ७५ प्रतिशत नेपाली श्रमिकले आफ्नो भिसा अवधि सकिएको हुँदा अब हामी नेपाल कहिले, कसरी आउने भन्ने गुनासो छ भने २५ प्रतिशत नेपालीले आफ्नो रोजगार गुमाएको गुनासो पोखेका छन्’ महासचिव श्रेष्ठले भने ।

विश्वमा कोरोनाको कहर बढ्दै गएसँगै वैदेशिक रोजगारीमा ठूलो चुनौती पैँदा गरेको छ । यो समयमा वैदेशिक रोजगारमा रहेका नेपालीको अवस्था र कसरी नेपाली सुरक्षित तथा समस्यामा परेकालाई उद्धार गर्ने भन्ने विषयमा सरकारले स्पष्ट नितिको नियमको बारेमा श्रममन्त्रालय, परराष्ट्रमन्त्रालय तथा सम्बन्धि विभिन्न निकायहरु बीच छलफल भइरहेको श्रममन्त्रालयले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीकै लागि करिब ४३ लाखभन्दा बढी नेपाली बाहिरिएका छन् भने अध्ययन, व्यवसायिक तथा अन्य विभिन्नकामा गरी जम्मा ६५ लाख नेपालीहरु विदेशमा रहेको छन् ।

एनआरएनको पछिल्लो तथ्यांक अनुसार विश्वमा ४९ जना नेपाली कोरोना भाइरसकै कारण विश्व भइसकेको र करिब दुई हजार संक्रमित रहेक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.