कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या ९ लाख नजिक

  २०७७ वैशाख १५ गते ८:१८     विकासन्युज

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान साढे ७ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २९ लाख ९४ हजार ७ सय ३१ पुगेको छ ।

कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ६ हजार ९ सय ९० जनाको मृत्यु भइसकेको छ भने ८ लाख ७८ हजार ७ सय ९२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५५ हजार ४ सय १३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ९ लाख ८७ हजार १ सय ६० रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २७ हजार ८ सय ९० पुगेको छ भने अहिलेसम्म ८८१ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ५२ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

(तथ्यांक साभारः वल्डोमिटर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.