एलआईसी नेपालको प्रिमियम लकडाउनपछि तिर्दा नि हुने, जरिवाना नलाग्ने (भिडियाे सहित)

  २०७७ वैशाख ८ गते १३:५२     विकासन्युज


काठमाडौं । एलआईसी नेपालको जीवन बीमाको प्रिमियम शुल्क लकडाउन पूर्णरुपमा खुले पछि मात्र तिर्दा हुने भएको छ । कम्पनीले उक्त शुल्क तिर्नुपर्ने भएमा हालको परिस्थिति सामान्य भएपछि मात्र तिर्न ग्राहकलाई सूचित गरेको छ ।

साथै, लकडाउन पछि तिर्दा ढिलो तिरे बापत लाग्ने जरिवाना तिर्न नपर्ने कम्पनीले जानकारी गराएको छ ।

सोही क्रममा एलआईसी नेपालले आफ्नो विज्ञापन एजेन्सीको साथमा महामारी सम्बन्धी सूचनामूलक टेलिभिजन विज्ञापन प्रकाशित गरेको छ । यस विज्ञापन महामारीको समयमा रहेको जिवनशैली र एलआईसी नेपालले दिएको सुविधाहरुलाई प्रकाश पारिएको छ ।

ब्लिज एड्भरटाइजिङ्ग एण्ड रिसर्च प्रा. लि.का कृएटिभ प्रमुख राजेश रोयले स्कृप्ट लेखन, निर्देशन, सम्पादन तथा अन्तिम उत्पादन गरेका हुन् । साथै, कम्पनीले आफ्नो यो विज्ञापन मार्फत सबैलाई नियम र कानून कडाईका साथ पालना गर्न प्रोत्साहन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.