आफ्नो परिवारकै कोरोना बीमा गर्दै अध्यक्ष चापागाईंले भने- अहिलेको अवस्थामा अति जरुरी छ

  २०७७ वैशाख ७ गते १७:४४     विकासन्युज

काठमाडौ । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले कोरोना सम्बन्धि नयाँ बीमा पोलिसी खरिद गरेर कोरोना बीमाको शुभारम्भ गरेका छन् । अध्यक्ष चापागाईंले आफ्नो परिवारकै बीमा गरेर कोरोना बीमाको सुरुवात गरेका हुन् ।

याे बीमा अहिलेको अवस्थामा गर्न अति जरुरी भएकाले सबै नागरिकले गर्न आवश्यक रहेकाे उनले बताए ।

‘कुनै पनि नेपालीहरुले कोरोना रोग लागेको खण्डमा बीमा क्षेत्रले दिने आर्थिक सहयोग पाउँन यो बीमा गर्न अनिवार्य देखिएको छ । सोही कारण मैले आफैले पनि यस बीमा योजनामा सहभागी भएको हो,’ अध्यक्ष चापागाईंले विकासन्युजसँग भने ।

विश्वमा नै कोरोना महामारी एक किसीमको संन्त्रास उत्पन्न गरि रहेको छ । सोही महामारीकै कारण विश्वका धेरै देशहरुमा लक डाउन घोषणा भइरहेको छ । नेपालले पनि गत २०७६ साल चैत ११ गतेदेखि सुरु गरेको लकडाउनकाे अवधि थप लम्ब्याइ वैशाख १५ गतेसम्म पुर्याएकाे छ ।

यसरी कोरोना महामारी फैलिएर समस्या थपि रहेको अवस्थामा बीमा समितिले बिमितलाई कोरोना भाइरस लागेको अवस्थामा आर्थिक अभाव झेल्नु नपरोस् भनेर कोरोना बीमा योजना ल्याएको  हाे । समितिले केहि दिन अघि जारी गरेको निर्देशन अनुसार आईतबारबाट यस बीमाको शुभारम्भ भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.