उद्योग मन्त्रालयले माग्यो ११ अर्ब बजेट, यस्ता छन् नयाँ कार्यक्रम र याेजना

  २०७७ वैशाख ७ गते १५:०७     राजाराम न्याैपाने

काठमाडौं । आगामी आर्थिक वर्षका लागि मन्त्रालयहरुले बजेट प्रस्ताव पठाउन थालेका छन् । अघिल्ला आर्थिक वर्षको बजेटभन्दा आगामी आर्थिक  वर्षको बजेट उत्पादनमूखी हुने गरी मन्त्रालयहरुले बजेट माग गर्न थालेका हुन् ।

उद्योग मन्त्रालयले पनि उद्यत्पादन बृद्धि हुने र रोजगारी सिर्जना हुने गरी नयाँ बजेट प्रस्ताव गरेको छ ।

उद्योग मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्तिका लागि ११ अर्ब १० करोड ३० लाख रूपैयाँ बजेट माग गरेको छ । उद्योगका लागि चालु र पुँजीगत खर्च गरी ८ अर्ब र वाणिज्य तथा आपूर्तिका लागि चालु र पुँजीगत खर्च ३ अर्ब १० करोड ३० लाख बजेट उद्योग मन्त्रालयले बजेट प्रस्ताव गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका योजना, अनुगमन तथा मुल्यांकन महाशाखाका सहसचिव ध्रुव घिमिरेले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ११ अर्ब १० करोड ३० लाख बजेत प्रस्ताव गरेको बताए । अब आउने बजेटलाई उत्पादन र रोजगारीमा जाेड दिने गरी प्रस्ताव गरिएकाे उनकाे भनाइ छ ।

‘मन्त्रालयले देशलाई आत्मनिभर र रोजगारी सिर्जनालाई विशेष ध्यान दिएकाे छ, कोरोना भाईरस (कोभिड १९) को महामारी विश्वभर फैलिएको छ, लकडाउनपछि उत्पादन र रोजगारी बढाउने किसिमको बजेट मन्त्रालयले प्रस्ताव गरेको छ,’ घिमिरेले भने ।

के छ उद्योग मन्त्रालयको नयाँ योजना ?

प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, लघु उद्यम परियोजन, समृद्धि परियोजना र औद्योगिक ग्रामसगँ जोडेर रोजगारी दिने योजना पनि उद्योग मन्त्रालयको बजेटमा समेटिएकाे भएको छ । १६ वटा जिल्लामा मात्रै सञ्चालित समृद्धि परियोजनाको बढाएर ७७ वटै जिल्लामा नै सञ्चान गर्ने योजना पनि मन्त्रालयको छ ।

मन्त्रालयले संस्थानहरुलाई पनि गाभ्ने वा नाफामा लाने नीति पनि लिएको छ । रुग्ण उद्योग सञ्चालन वा मर्ज गर्ने पनि मन्त्रालयको लक्ष्य छ । नयाँ पारवाहन सन्धी गर्ने, व्यापारिक केन्दहरु निर्माण गर्ने, लकडाउनको कारण बन्द भएका उद्योगहरुलाई उत्थान गर्ने, भारतको मोतिहारीबाट चितवानसम्म पेट्रोलियम पदार्थ पाइपलाई सञ्चालन गर्ने लगायतका योजनाहरु उद्योग मन्त्रालयले समावेस गरेको छ ।

उद्योग मन्त्रालयले प्रस्ताव गरेको बजेटमा धौवादी फलाम खानीबाट फलाम उत्खनन् गर्न १ अर्ब ५० करोड बजेट माग गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.