धनगढी उपमहानगरलाई निर्माण व्यवसायीकाे सवा एक लाख रुपैयाँ र माक्स सहयाेग

  २०७७ वैशाख ७ गते १४:४५     विकासन्युज

काठमाडौं । निर्माण व्यवसायी संघ कैलालीले धनगढी उपमहानगरपालिकालाई १ लाख १५ हजार रूपैयाँ र आठ हजार थान मास्क सहयोग गरेको छ। संघले उपमहानगरपालिकालाई सो रकम आज हस्तान्तरण गरेको हो ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा जोखिम नियन्त्रणका लागि संघले उपमहानगरपालिकालाई सो रकम र माक्स सहयोग गरेको बताएको हो । धनगढी उपमहानगरपालिका क्षेत्रका विपन्न वर्गलाई सहयोग होस् भन्ने उद्देश्यले आज चेक र मास्क हस्तान्तरण गरिएको संघका अध्यक्ष यज्ञराज उपाध्यायले बताए।

अहिले कोरोना भाइरसको उच्च जोखिममा सुदूरपश्चिम छ । कैलालीको सेती प्रादेशीक अस्पतलमा मात्र ५ जना कोरोनाका बिरामीको उपचार भइहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.