कोरोना कहर : पछिल्ला ८ ठूला घटनाहरू

  २०७७ वैशाख ७ गते ७:५६     विकासन्युज

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीको कहर थामिएको देखिएको छैन । युरोपमा यो महामारीबाट करीब एक लाख जनाको ज्यान गइसकेको छ । स्पेनले लकडाउन बढाउने फैसला गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले अमेरिकाका केही राज्यलाई खोल्ने घोषणा गरेका छन् । टेक्सस र वर्मोटमा सोमवारबाट केही कारोवार खोलिनेछन् ।

– स्पेनका प्रधानमन्त्रीले ९ मईसम्म लकडाउन बढाउनका लागि भनेका छन् । स्पेनका प्रधानमन्त्री पेद्रो सैंचेजले शनिवार भने अनुसार उनी संसदलाई १५ दिन अझ लकडाउन बढाउनका लागि भन्नेछन् ।

– टर्कीमा कोरोना भाइरसको मामला ईरानमा भन्दा पनि बढि भइसकेको छ । टर्कीमा अहिलेसम्म कोरोना भाइरसका कूल ८२ हजार ३ सय २९ मामला अगाडि आइसकेका छन् । यसका साथै मध्यपूर्वमा टर्र्की कोरोना भाइरसको चपेटामा सवैभन्दा माथि आइपुगेको छ । टर्कीका स्वास्थ्यमन्त्रीले शनिवार भनेका छन् कि छिमेकी ईरान भन्दा पनि भाइरसको संक्रमणको बढि मामला टर्कीमा भएको छ ।

– मोरक्कोले एक महिना अझ लकडाउन बढाएको छ । अब मोरक्कोमा २० मई सम्म लकडाउन रहनेछ ।

– फ्रान्समा पछिल्ला २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६४२ जनाको मृत्यु भएको छ । यसको साथै फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको कूल संख्या १९ हजार ३ सय २३ पुगेको छ । फ्रान्स दुनियाँको चौथो देश हो जहाँ कोरोना भाइरसबाट धेरैको ज्यान गएको छ ।

– ब्रिटेनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार पागर गरेको छ । पछिल्लो २४ घण्टामा यहाँ ८८८ जनाको मृत्यु भएको छ । हालसम्म कूल १५ हजार ४ सय ६४ जनाको मृत्यु भइसकेको छ ।

– बंगलादेशमा लकडाउन र सामाजिक दूरीको नियम उल्लंघन गर्दै कपडा सिलाई गर्ने कामदारहरु सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् ।

– न्यूयोर्कमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पछिल्लो दुई हप्तामा सवैभन्दा तल्लो स्तरमा छ । शुक्रवार त्यहाँ ५४० जनाको मृत्यु भयो ।

(बीबीसी हिन्दीबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.