नेको इन्स्योरेन्सका सीईओ खड्काद्धारा कीर्तिपूरका विद्यार्थीलाई खाद्यान्न सहयोग

  २०७७ वैशाख ६ गते १२:५४     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक खडकाले कीर्तिपूर छात्रावासका विद्यार्थीलाई खाद्यान सहयोग गरेका छन् । उनले त्रिभुवन विश्व विद्यालय (टि.यु) का ५ सय विद्यार्थीलाई उक्त सहयोग गरेका हुन् ।

लकडाउनको परिस्थितिमा टि.यु.का विद्यार्थीमा उत्पन्न भएको खाद्य संकटमा सीईओ खड्काले राहत स्वरूप उक्त सहयाेग गरेका हुन् । उनले आफ्नो एक महिनाको पारिश्रमिक बापतको योगदान दिएका हुन् । उनले दिएको योगदानबाट विद्यार्थीहरुलाई २ साताको खाद्य संकट टरेको छ ।

‘अहिले हामी केही संकटको घडीमा छौँ, यस्तो बेलामा सबैजनाले हातेमालो गरेर अघि बढ्नु पर्छ, कीर्तिपूरका छात्रावासमा रहेका विद्यार्थीलाई खाद्यान्न संकट परेको मैले मिडिमा मार्फत थाहा पाए र आफ्नो एक महिनाको तलब बराबरको सहयोग प्रदान गरेँ,’ सीईओ खड्काले विकासन्युजसँग भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.