जनरल इन्स्योरेन्सले प्रदेश ७ को कोरोना कोषमा दियो ५ लाख रुपैयाँ

  २०७७ वैशाख ५ गते १५:२६     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले प्रदेश ७ को कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले सुदुरपश्चित प्रदेश ७ सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार केन्द्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

कम्पनीले कारोना रोकथामको लागि केही राहत होस् भन्ने हेतुले उक्त रकमको चेक सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.