बाजुरा हिमाली गाउँपालिकाकाे स्वास्थ्यकर्मी र कर्मचारीलाई ५० लाखको बीमा

  २०७७ वैशाख ५ गते १०:०४     विकासन्युज

बाजुरा । कोरोना सङ्क्रमणविरुद्ध खटिरहेका कर्मचारीले कुल ५० लाखकाे बिमा सुविधा पाउने भएका छन् ।

बाजुराको हिमाली गाउँपालिकाले रु १० लाख बराबरको बीमा सुविधा दिने निर्णय गरेसँगै कोरोना सङ्क्रमणविरुद्ध खटिरहेका त्यहाँका कर्मचारीले कुल ५० लाखकाे बिमा सुविधा पाउने भएका हुन्।

प्रतिदिन रु ५०० थप सुविधा दिइरहेको हिमाली गाउँपालिकाले थप रु १० लाखको बीमा सहुलियत दिने निर्णय गरेको हो । सरकारको रु २५ लाख र प्रदेश सरकारको रु १५ लाखमा गाउँपालिकाले रु १० लाख थपेर रु ५० लाख बनाएको गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए ।

मानव जातिको सुरक्षाका लागि खटिएका कर्मचारीलाई हौसला दिन थप सुविधा र बीमा गर्ने निर्णय गरिएको हो । वैशाख २ र ३ गते गाउँपालिकामा बसेको विपद् व्यवस्थापन तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समितिको बैठकले गरेको उक्त निर्णय सार्वजनिक गरेको हो ।

गाउँपालिकाले गरेको निर्णयले कर्मचारीको मनोबल बढेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीको भनाइ छ । निर्णयले स्वास्थ्यकर्मी, कर्मचारीसहितको मनोबल बढाउने योजना हिमालीले ल्याएको हो ।

गाउँपालिकाले सम्पूर्ण आवतजावत, भेला तथा जमघटका सबै गतिविधि पूर्णरूपमा बन्द गरेको छ । सीमानाकामा खटिन र वडामा लकडाउन नियमको पालना गर्न स्वयंसेवक खटाइएको छ ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.