मारवाडी सेवा समितिले गृह मन्त्रालयलाई हस्तान्तरण गर्याे विभिन्न स्वास्थ्य सामाग्री

  २०७७ वैशाख ४ गते ११:३०     विकासन्युज


काठमाडाैं । मारवाडी सेवा समिति नेपालले गृह मन्त्रालयलाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे छ । समितिले बुधबार एक कार्यक्रमकाे बिचमा प्रमुख जिल्ला अधिकारी मार्फत १० हजार थान मास्क, १० हजार थान पंजा र १ हजार बोतल सेनिटाइजर गृह मन्त्रालयलाई हस्तान्तरण गरेकाे हाे ।

उक्त सामग्री उपत्यकामा सडक सरसफाइको लागि खटिने कर्मचारी अथवा अन्य फ्रोंटलाईन वर्कसको लागि प्रयोगमा ल्याइने गृहमन्त्रालयले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.