निओस्फेयरले विद्यार्थीहरुलाई निःशुल्क अनलाईन ट्रेनिङ्ग दिँदै, सहभागी हुन के गर्ने ?

  २०७७ वैशाख ३ गते १७:०४     विकासन्युज


काठमाडौं । निओस्फेयरले घरमै बसेर सिक्न सकिने गरी दुई हप्ताको अनलाईन ट्रेनिङ्ग कक्षाहरु सञ्चालन गर्दैछ । उक्त ट्रेनिङ्ग सबै उमेर समूहका विद्यार्थीलाई हुने गरी प्रोग्रामिङ्ग र ग्राफिस डिजाइनिङ्गमा केन्द्रित भएर दिइने छ ।

निओस्फेयरका अनुसार उक्त कक्षाहरुमा १००० विद्यार्थीलाई निःशुल्क ट्रेनिङ्ग उपलब्ध गराइनेछ । अहिलेको परिस्थितिमा विद्यार्थीहरुको पढाई निकै प्रभावित भएको देखिन्छ र यसै समयको सदुपयोग गरी भविष्यका लागि तयार हुनको निमित्त नेओस्फेयरले उक्त कक्षा सञ्चालन गर्न लागेको हो ।

इच्छुक विद्यार्थीहरुले निओस्फेयरको वेवसाइट www.neosphere.com.np मा गएर रजिष्ट्रर गर्न सक्नेछन् । शिक्षण क्षेत्रको माध्यमबाट नेपालको प्रविधि विकासमा टेवा पुर्याउनका निमित्त गोल्छा अर्गनाइजेशनद्वारा स्थापित निओस्फेयरले उच्चस्तरीय सुविधा र पूर्वाधार सहित आई.टि. सम्बन्धि विभिन्न शिपमूलक शिक्षाहरु उपलब्ध गराउँदै आएको छ ।

विश्वभर फैलिएको कोभिड-१९ का कारण अहिले देशभर लकडाउनको अवस्था छ र अहिलेको यस परिस्थितिमा आफ्नो र आफ्नो परिवारको सुरक्षाका लागि हामी सबै घर बस्न बाध्य भएका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.