नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा घिमिरे नियुक्त

  २०७७ वैशाख ३ गते ११:५७     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वपर्यटन सचिव घिमिरेलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो ।

उनलाई अर्को व्यवस्था नहुँदासम्म कार्यकारी अधिकृतसहित कार्यकारी अध्यक्ष नियुक्त गरिएको बताइएकाे छ ।  उनलाई कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव केही दिन अगाडि नै मन्त्रिपरिषदमा पुगेको थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.