नाैं देशका राजदूतले एक महिनाको तलब राहत कोष दिने

  २०७६ चैत ३० गते ११:०१     विकासन्युज

काठमाडौं । मध्यपूर्व तथा खाडी नाैं देशमा रहेका नेपाली राजदूतहरुले एक महिना बापतको तलब राहत सरकारी कोषमा दिने भएका छन् ।

कोरोनाको संक्रमण फैलिएसँगै सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नौं राजदूतहरुले एक महिनाको तलब दिने घोषणा गरेका हुन् ।

काेराेना नियन्त्रणमा लागि कतारका लागि नारदनाथ भारद्धज, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, पाकिस्तानका लागि सेवा लम्साल, बहराइनका लागि पदम सुन्दास, यूएईका लागि कृष्णप्रसाद ढकाल र साउदी अरबका लागि महेन्द्रप्रसाद सिंह राजपुत, इजरायलका लागि नेपाली राजूत डा. अन्जान शाक्य, इजिप्ट लागि झविन्द्रप्रसाद अर्याल, ओमान लागि शर्मिला पराजुली ढकालले एक महिनाको तलब कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दिने निर्णय गरेको हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.