लकडाउन थप ८ दिन लम्बियाे

  २०७६ चैत २४ गते १६:२०     विकासन्युज

काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड-१९) संक्रमण राेकथामका लागि नेपाल सरकारले लकडाउन ८ दिने थप्ने निर्णय गरेकाे हाे ।

अब लकडाउन’को अवधि आगामी ३ वैशाखसम्म रहनेछ । अहिले बसकाे मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेकाे हाे । आइतबार बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले ‘लकडाउन’ अवधि थप ७ दिनलाई थप्नको लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।

साे निर्णय अनुसार नै मन्त्रिपरिषद्काे बैठकले निर्णय गरेकाे हाे । पहिलो चरणमा ११ चैतदेखि १८ चैतसम्मको समय थप गरिएकोमा दोस्रो पटकको निर्णयबाट २५ चैतसम्म लम्बाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.