लकडाउन लगत्तै सुजुकीले चेकअप क्याम्प गर्ने, वारेन्टी र फ्रि सर्भिस अवधि पनि थपिने 

  २०७६ चैत २३ गते १८:५५     विकासन्युज

काठमाडौं । सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले लकडाउन लगत्तै चेकअप क्याम्प गर्ने भएकाे छ । नेपाल सरकारले लागू गरेको लकडाउन सकिएको घोषणा गरे लगत्तै सातदिने चेकअप क्याम्प संचालन गर्ने भएको छ ।

सुजुकीले मान्य वारेन्टी र फ्रि सर्भिसको अवधि पनि दुई महिना बढाउने भएको छ । यो चेकअप क्याम्पको उद्देश्य कारहरुको अवस्था ठिक छ कि छैन जाँच्नु र कुनै समस्या भएमा त्यसको समाधान गर्नु रहेको छ ।

क्याम्पमा कम्पनीले इन्जिन आयल लगायत अन्य कन्जुमेबल सामग्रीमा विशेष छुट उपलब्ध गराउनेछ ।

कोभिड १९ भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई सीजी मोटोकर्प सम्मान गर्दछ । यो अवधिमा ग्राहक वर्गमा आफ्नो सुजुकी गाडीको अवस्थासम्बन्धी हुनसक्ने चिन्ताप्रति कम्पनीको ध्यान आकर्षित भएको छ र योे योजनाले उनीहरुको चिन्ता हटाउने कम्पनीकाे अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.