ठेक्काको समय थप्न निर्माण व्यवसायीको माग

  २०७६ चैत २१ गते १५:०७     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले खरिद प्रकृयाको म्याद थप्न सार्वजनिक निकायहरुलाई आग्रह गरेको छ ।

अत्यावश्क सेवाको बाहेक अन्यको टेन्डर नर्गन र खरिद प्रकृया लकडाउन हटेको न्युनतम १५ दिनपछिसम्म थप्न महासंघले विज्ञप्ती मार्फत आग्रह गरेको हो ।

मन्त्रीपरिषद्को १६ गते बसेको बैठकले अतिआवश्यक सेवा बाहेकका सबै खरीद प्रक्रियाहरुको म्याद एक महिना थप गर्ने निर्णय गरिसकेको छ। त्यसको भोलिपल्ट १७ गते सार्वजनिक खरीद अनुगमन कार्यालयले म्याद थपको लागि प्रकाशित सूचना प्रकाशित गरिसकेको छ।

तर केही सार्वजनिक निकायहरुले यसको व्यवस्था गर्दै बोलपत्र आब्हान, बोलपत्र खरीद र दाखिला गर्ने तथा कामको सम्झौता लगायतका प्रक्रिया कायम राखेको महासंघले जनाएकाे छ।

लकडाउनकाे कारण  बैंक ग्यारेण्टी लगायतका कागजात तयार गर्न नसकिने, निर्माण व्यवसायीहरु एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने भएकोले खरिद प्रक्रियामा भाग लिन नसकिने जनाएको छ। यसले गर्दा खरीद प्रक्रियामा स्वच्छ प्रतिष्पार्धा समेत हुन नसक्ने महासंघको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.