नागार्जुनमा विदेशबाट आएका ८९ ‘होम क्वारेन्टाइनमा’

  २०७६ चैत २१ गते १४:०३     विकासन्युज

नागार्जुन । नागार्जुन नगरपालिकाले विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेको छ । कोरोना भाइरस (कोभिड–१९¬) को सम्भावित जोखिमलाई ध्यान दिँदै नगरपािलकाले ८९ जनाको नामावली सङ्कलन रहेको हो । ती सबैलाई होम क्वारेन्टाइनमा राखिएको नगरपालिकाका प्रवक्ता थुमराज केसीले बताए ।

कसैलाई पनि कोरोना भाइरस रोगको लक्षण नदेखिएको नगरपालिकाले जनाएको छ । नागार्जुन नगरपालिकाका वडा नं ८ मा रहेको भिमढुङ्गा स्वास्थचौकीमा ९ बेडको आइसोलेसन निर्माण भएको छ । यसका साथै स्वास्थ्यकर्मीको जीवरक्षाका लागि सुरक्षा सामग्री पिपिईलगायत आवश्यक औषधीहरु प्रत्येक स्वास्थ्य संस्थाहरुमा वितरण गरिएको बताइएको छ ।

नगपालिकाभित्रका अनाथ, असाहय गरीब र मजुदरका लागि राहत वितरण मापदण्ड तयार गरेको छ । कोरोना भाइरस (कोभिड–१९¬) को सङ्क्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण सबैभन्दा बढी दैनिक मजदुरी गरी खाने नागरिक अप्ठ्यारोमा पर्दै आएका छन् ।

नगरपालिकाले बनाएको मापदण्ड अनुसार तीन जनाको परिवारलाई ३० केजी चामल, तीन केजी दाल, दुई पाकेट नून, खाने तेल दुई लिटर, चिनी एक केजी, साबुन दुई पिस रहेको छ । राहत लिनका लागि व्यक्तिले आफ्नो नाम, आफ्नो परिवारको सङ्ख्या,आफूले गर्दै आएको काम, घरबेटीको नाम र घरबेटीको नम्बर अनिवार्यरुपमा उल्लेख गर्नुपर्ने हुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.